शुक्रबार, चैत १६, २०८०

बलात्कारको अभियोगमा कैलालीबाट एक जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १२:४७

कैलाली । प्रहरीले ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका-१ झुङ्गा टोल बस्ने ४६ वर्षीय राम बहादुर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया