बिहीबार, वैशाख १३, २०८१

नाै जनसंगठनका नेतृत्वले विप्लबकाे साथ छाडे

मेरोन्यूज २०७८ वैशाख ११ गते २१:२५
फाइल फाेटाे

काठमाडाैं । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका नाै जनसंगठनका नेतृत्वले विप्लबकाे साथ छाडेका छन् । शनिबार उनीहरूले एक विज्ञप्ति जारी गर्दै विप्लबकाे साथ छाडेका हुन् ।

विप्लबकाे साथ छाड्नेमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघलगायत आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुर छन् । महासंघको पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलन पश्चात संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको भन्दै उनीहरुले साथ छाडेको बताएका हुन् ।  

प्रतिक्रिया