शुक्रबार, वैशाख १४, २०८१

कोरोना नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव ल्याउन प्रधानमन्त्रीकाे निर्देशन

मेरोन्यूज २०७८ वैशाख ११ गते २०:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा शनिबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयका पदाधिकारीकाे ब्रिफिङ सुनेपछि प्रधानमन्त्री मापदण्ड पालनामा कडाई गर्नुपर्ने बताएका हुन्।

सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले थप के-के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीमा छलफल गरे मन्त्रिपरिषद्‍मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिएकाे जानकारी दिए ।

प्रतिक्रिया