शुक्रबार, वैशाख १४, २०८१

ग्यास अभावको हल्लापछि आयल निगमको अनुगमन, कार्यकारी निर्देशक आफैं फिल्डमा

मेरोन्यूज २०७८ वैशाख ११ गते २०:२७

काठमाडौं । बजारमा ग्यास अभावको हल्ला चलेसँगै आयल निगम बजार अनुगमनमा खटिएको छ । शुक्रबार नेपाल एलपी ग्यास यद्योग संघले विज्ञप्ती जारी गर्दै खाली ग्यास भर्न आग्रह गरेसँगै बजारमा ग्यास अभाव हुनसक्ने हल्ला चलेको थियो । 

आपूर्ति व्यवस्था सहज भइरहेको अवस्थामा यो हल्लासँगै बजारमा ग्यास अभाव हुने भन्दै उपभोक्ताहरुले सिलिन्डर धमाधम भर्न थालेका थिए । निगमको टोलीले शनिबार उपत्यकाका मुख्य क्षेत्रका ग्यास बिक्रेताहरुकहाँ अनुगमन गरेको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । 

‘बजार हल्ला चलेपछि हामी अनुगमनमै छौं । तर, बजारमा ग्यास नपाएको भन्ने गुनासो कतै पनि पाइएन,’ पौडेलले भने, ‘ग्यासको आपूर्ति निरन्तर छ । कोभिडले आपूर्ति व्यवस्थामा प्रभाव पार्दैन । लकडाउन नै भए पनि ग्यास अभाव हुँदैन ।’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने ग्राहकलाई सचेत गराउनको लागि मात्रै आफूहरुले यस्तो जानकारी दिएको बताए । 

प्रतिक्रिया