बुधबार, वैशाख १२, २०८१

काठमाडौं उपत्यकामा थप ८७२ जनामा कोरोना

मेरोन्यूज २०७८ वैशाख ११ गते १७:१३

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४४, ललितपुरमा १४१ र भक्तपुरमा ८७ जना गरी ८७२ जना थपिएका हुन् ।


यसैगरी, पछिल्लो २४ घण्टामा दुई हजार ६१९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २६८ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

प्रतिक्रिया