शुक्रबार, वैशाख ७, २०८१

त्रिदेशीय टी–२० क्रिकेटको उपाधि नेपाललाई

मेरोन्यूज २०७८ वैशाख ११ गते १६:३२

काठमाडौँ । नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श‌ृंखलाको उपाधि हात पारेको छ । नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले उपाधि पाएको हो । नेदरल्यान्ड्समाथी विजय हुदै नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको छ ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भएका थिए । नेदरल्याण्डका २ विकेट कमल ऐरीले लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए ।

टस जितेर पहिले बलिङ गरेको नेदरल्याण्डका तर्फबाट फिलिपे बोसेभाइनले नेपालका २ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओुडाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको थिएन ।

नेपाल, नेरदल्याण्ड्स र मलसियाबीच भएको त्रिदेशीय शृङ्खलाको उपाधि नेपालले प्राप्त गरेको हो । त्रिदेशीय शृङ्खला वैशाख ४ गतेदेखि सुरुभएको थियो ।

प्रतिक्रिया