बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमण बढ्दो, थप २६ सय १९ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख ११ गते १६:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ६१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर सात हजार ५२५ जना र एन्टिजेन्ट एक लहजार ३८१ जनामा गरिएको परीक्षणमा २६ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।
११३ जनाको एन्टिजेन्ट पाजेटिभ र दुई हजार ६१८ जनाको आरटी पिसिआर पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६८ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।
हाल कोरोनाका संक्रिय संक्रमित १६ हजार ८२८ रहेको छ ।

प्रतिक्रिया