शुक्रबार, वैशाख १४, २०८१

त्रिदेशीय टी–२० क्रिकेट फाइनल

नेपालद्धारा नेदरल्याण्डसामु २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत

यो नेपालको टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सर्वाधिक स्कोर हो

मेरोन्यूज २०७८ वैशाख ११ गते १५:०७

काठमाडौँ । त्रिदेशीय शृङ्खलाको गरेको छ । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतले नेपालले यो लक्ष्य प्रस्तुत गरेको हो । निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो ।

नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो । कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए ।

कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे भने दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

प्रतिक्रिया