शुक्रबार, वैशाख ७, २०८१

जन्मदिनमा बालबालिकालाई देउजाको सहयोग

मेरोन्यूज २०७८ वैशाख ११ गते १४:४१

काभ्रे । बनेपाका रबिन्द्र देउजाले आफ्नो ४०औँ जन्मदिनको उपलक्ष्यमा “रक्षा नेपाल” मा आश्रित ७० जना बालबालिकाको लागी ८० हज़ार बराबरको खाद्यान्न सहयोग गरेका छन् । यु्वासंघका नेता समेत रहेका देउजाले आज सो सहयोग गरेका हुन ।

सोहि क्रममा देउजाले भने “ मैले मेरो जन्मदिन खासै मनाऊँदिन, यो पटकको जन्मदिनमा चाही मेरो घर व्यवहार सबै राम्रो भएकोले आफ्नो कमाईको १५ मात्रै भएपनि असहायलाई मद्दत गरौ भन्ने सोच आयो र मैले सानै उमेर देखी चीनेको जानेको मेरो गाऊँले बहिनी मेनुका थापाले संचालन गरीरहेको सामाजिक संस्था “ रक्षा नेपाल” लाई सानो सहयोग गरेको हूँ ।

रक्षा नेपालले बिगत सत्र बर्ष देखी यौन हिंसा, देहब्यापार विरुद्ध कार्य गर्नुको साथै हिंसा पिडित महिला र बालबालिकाको संरक्षण गरीरहेको छ ।

प्रतिक्रिया