बुधबार, वैशाख १२, २०८१

एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

मेरोन्यूज २०७८ वैशाख ११ गते १४:२०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा चार साता लकडाउन गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

आज ४ बजे सीसीएमसी बैठक बस्दैछ । सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय समेत रहेको मन्त्रालय स्रोत बताउँछ ।

पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि मन्त्रालयले कोरोना नियन्त्रणका लागि लकडाउनको सिफारिस गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया