बिहीबार, चैत १५, २०८०

पूर्वराजा ज्ञानेन्द्रको दम्पती अस्पताल भर्ना

मेरोन्यूज २०७८ वैशाख ११ गते १३:५०

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् ।

निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको स्रोतले जनाएको छ ।

गत वैशाख ७ गते भारतको हरिद्वार भ्रमणबाट फर्किएका पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

प्रतिक्रिया