शुक्रबार, चैत १६, २०८०

त्रिदेशीय टी–२० क्रिकेट फाइनल

नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०७८ वैशाख ११ गते १३:३०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरुभएको छ । नेदरल्याण्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो ।

चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो ।

पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् ।

Advertisement

घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उनको विश्वास छ ।

प्रतिक्रिया