शुक्रबार, वैशाख १४, २०८१

ज्योतिष परिषद्को केन्द्रीय कार्यालय भवन शिलान्यास

मेरोन्यूज २०७८ वैशाख ११ गते १३:३२

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । टोखा नगरपालिका–१० खरीवोटमा निर्माण हुनलागेको उक्त भवनको आज परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे र उपप्राध्यापक डा पुरुषोत्तम भट्टराईले संयुक्त रुपमा वैदिक विधिअनुसार पूजा गरी भवनको शिलान्यास गरेका हुन् ।

पाँच आना क्षेत्रफलमा निर्माण हुनलागेको उक्त भवन चार तले बन्ने परिषद्का वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थीले जानकारी दिए । भवन परिषद्लाई दाताले दान गरेको जग्गामा निर्माण हुनलागेको हो । ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषको हकहितका लागि विसं २०५४ पुस २४ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको परिषद्का केन्द्रीय सदस्य शिवलाल पौडेलले जानकारी दिए ।

परिषद्ले केन्द्रीय समिति, उपत्यका समिति र प्रदेश समितिमार्फत आफ्नो गतिबिधि सञ्चालन गर्दै आइरहेको छ । रासस

प्रतिक्रिया