बिहीबार, वैशाख १३, २०८१

धरहरा बनाउन सर्वधारणको २४ करोड लगानी

‘धरहरा बनाउन सर्वधारणहरुले पनि करिब २४ करोड सहयोग गर्नु भएको छ,: प्रधानमन्त्री ओली

मेरोन्यूज २०७८ वैशाख ११ गते १३:०९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा बनाउन सर्वसाधरणले करिब २४ करोड रुपैयाँ सहयोग गरेको बताएका छन् । नवनिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै उनले सर्वसाधरणले धरहरा बनाउन यति ठूलो रकम सहयोग गरेको बताएका हुन् ।

‘म प्रधानमन्त्री हुँदा धरहरा बनाउन धेरै प्रयत्न गरेँ, काम गर्न पाइनँ, पछिल्लोपटक प्रधानमन्त्री बनेसँगै सुरुमा नै धरहरा बनाउने प्रतिबद्धता गरेँ, त्यही क्रममा एक जना सर्वसाधरणले हजार रुपैयाँ दिएर सहयोग गर्नु भयो,’ उनले भने, ‘धरहरा बनाउन सर्वधारणहरुले पनि करिब २४ करोड सहयोग गर्नु भएको छ, यो सबैको गौरवको कुरा हो ।’

धरहरा उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो एउटा नेपालको गौरव र इतिहाससँग जोडिएको विषय भएको बताए । उनले अहिले निर्माण भएको धरहरा आधुनिक शैलीको भए पनि पुरानै शैलीमा निर्माण भएको बताए ।

उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्दा आफूलाई आइफिल टावर चडेको अनुभव भएको बताए । उनले योसँगै भूकम्पमा भत्किएका अन्य संरचनाहरुको पनि पुननिर्माणको काम भइरहेको बताए ।

प्रतिक्रिया