बिहीबार, वैशाख २०, २०८१

फ्रान्समा कार्यालयभित्रै प्रहरी अधिकारीको घाटी रेटी हत्या

मेरोन्यूज २०७८ वैशाख ११ गते १०:५६

काठमाडौँ । फ्रान्समा शुक्रबार दिउँसो एक महिना प्रहरी अधिकारीको कार्यालयभित्रै घाँटी रेटेर हत्या भएको छ । घटना भएसँगै प्रहरीले पूरै शहरको सीमा नाका बन्द गरी अनुसन्धान थालेको समाचारमा जनाइएको छ।

कार्यालयभित्रै प्रहरी अधिकारीको घाँटी रेटेर हत्या गर्ने एक जनालाई प्रहरीले तत्काल गोली हानेर मारेका थिए । घटनामा संलग्न केही व्यक्तिहरुलाई प्रहरीले तीव्र रुपमा खोजी कार्य सुरु गरेको फ्रान्स प्रहरीले जनाएको छ। उनीहरुको खोजी कार्य जारी रहेको समाचारमा जनाइएको छ।

फ्रान्सको राजधानी पेरिसमा गत दुई वर्षको बीचमा यस्ता प्रकारका पाँच वटा घटना भइसकेको छ । पटकपटक हुँदै आएको यस्तो घटनालाई प्रधानमन्त्री जिन कास्टेक्सले आतंककारी हमलाको संज्ञा दिएका छन्।

फ्रान्समा कट्टरपन्थी इस्लामी गतिविधिलाई कम गर्नका लागि केही गम्भीर कदम उठाउन आवश्यक रहेको विषयमा कुरा उठ्दै आएको छ ।

फ्रान्सका राष्ट्रपति एमैनुएल म्याक्रोले यस घटनाका विषयमा कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री कास्टेक्सले भने, ‘तपाईहरु निर्णय गर्नु होस् कि, हामी त्यस्ता घटनाहरू छोड्ने छैनौँ, हामी जुनसुकै परिस्थितिलाई आत्मसाथ गर्दै यस्तो गतिविधिलाई अन्त्य गर्न चाहन्छौँ ।’

यस्तै, घटनालाई लिएर एक सरकारी अधिकारी जिन फ्रेन्कोइसले यो घृणित घटना भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘हामी ती मानिसहरुलाई पाठ सिकाउन चाहन्छौँ, जो यस्ता घृणित काम गर्दै आइरहेका छन्, उनीहरुलाई कुनै पनि हातलमा छाडिने छैन ।’ एजेन्सी

प्रतिक्रिया