बिहीबार, चैत १५, २०८०

त्रिदेशीय टि–२० सिरिजको उपाधि भिडन्त आज

उपाधी घरमै राख्ने नेपालको लक्ष्य

मेरोन्यूज २०७८ वैशाख ११ गते ७:१६

काठमाण्डौ । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टि–२० सिरिजको उपाधि भिडन्त आज हुँदै छ ।

उपधाीका लागि घरेलु मैदानमा नेपालले शनिबार नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गर्दैछ । समुह विजेताको रुपमा फाईनल पुगेको नेपाल नेदरल्याण्ड्सबिरुद्ध पछिल्लो भेटमा भोगेको हारको बदला लिदै उपाधि घरमै राख्न चाहान्छ । तर सहजै उपाधि जित्ने नेपालको आधार भने कमजोर छ ।

कोरोना माहामारीका कारण त्रिबि क्रिकेट मैदानमा दर्शकको प्रवेशमा लगाईएको रोक तथा डच टोलीको उच्च फर्मका कारण नेपालले सहजै उपाधि जित्नेमा ढुक्क हुने आधार कमजोर बनेको हो ।

यद्यपी समुहचरणको अन्तिम खेलमा उच्च योगफल बनाउदै मलेसीयालाई ६९ रनले हराएको नेपाल त्यस्तै नतिजा पुनरावृत्ति गर्न चाहन्छ ।

डेब्यु पछिका तीन खेलमा लगातार तीन अर्धशतक बनाउँदै किर्तिमान बनाएका ओपनर कुशल भुर्तेल पछिल्लो खेलमा १६ रनमै आउट भएका थिए ।

Advertisement

टोलीका अन्य सदस्यहरुको फिटनेश पनि सुधारउन्मुख देखिएकाले प्रशिक्षक डेभ वाटमोर उपाधि जित्नेमा आशावादी रहकोे बताउँछन् । उनको प्रशिक्षणमा पहिलो अन्तराष्ट्रिय सिरिज खेलिरहेको नेपाललाई त्यो साख जोगाउन पनि नेदरल्याण्ड्सबिरुद्धको फाईनल परिक्षा जस्तै बनेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने फाईनल खेल शनिबार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

उद्घाटन खेलमा डच टोलीबिरुद्ध ९ विकेटको प्रभावशाली जित निकालेको नेपाल उसैसंगको दोस्रो भेटमा ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया