शुक्रबार, चैत १६, २०८०

काेराेना नियन्त्रण बाहिर गएपछि मोदीले थाले मुख्यमन्त्रीसँग छलफल

मेरोन्यूज २०७८ वैशाख १० गते २०:५२

नयाँ दिल्ली । कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेकाे जनाइएको छ । छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएका थिए ।

संयुक्त रुपमा लड्नका लागि उनले केही प्रस्तावहरु समेत राखेकाे र छलफल भएको अधिकारीहरुले बताएका छन् । आफ्नै अध्यक्षतामा भएको बैठकमा प्रधानमन्त्री मोदीले भने, “कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सबैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु ।”

उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गर्नुभएको थियो । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नुपर्नेमा पनि उनले जोड दिए । उनले सबै प्रदेशका स्वास्थ्य मन्त्रीहरुलाई पनि एक अर्कामा नजिक रहेर काम गर्न र एक अर्काका राम्रा अनुभवलाई उपयोग गर्न पनि सुझाव दिए ।

Advertisement

प्रतिक्रिया