शुक्रबार, चैत १६, २०८०

कोरोना सङ्क्रमणबाट नेपाली कांग्रेसका नगर सभापतिको निधन

मेरोन्यूज २०७८ वैशाख १० गते १८:०८

झापा । नेपाली कांग्र्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए ।

उनका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।
–––रासस

प्रतिक्रिया