बुधबार, वैशाख १२, २०८१

बैंक तथा वित्तीय संस्थाले कमाए नाफा

मेरोन्यूज २०७८ वैशाख १० गते १७:०४

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्र मसान्तसम्म वित्तिय संस्थाले कर्जा प्रवाहसँगै मुनाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकद्धारा जारी बिज्ञप्तिनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलब ४ प्रतिशतले बढ्नुका साथै वित्त कम्पनीहरुको कर्जा प्रवाह ६ दशमलब १ प्रतिशतले सुधार भएको छ । चालू आवको दोस्रो त्रैमासिक अघि नै नेपालमा व्यावसायिक माहोल बढेकोले बैंकको नाफामा वृद्धि भएको केन्द्रीय बैंकको दाबी छ ।

वैशाख महिनाभरिमा बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण प्रकाशन गर्नैपर्ने बाध्यकारी व्यवस्था कारण अहिले बैंकहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरिरहेकामा राष्ट्र बैंकले सन्तुष्ट जनाएको छ । राष्ट्र बैंकका अनुसार ९ महिनामा सबैभन्दा बढी सिटिजन्स इन्टरनेशन बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । यस्तै मुक्तिनाथ विकास बैंकले १ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।

चालू आर्थिक वर्षको सो अवधिसम्म ज्योति विकास बैंकले ६० करोड २५ लाख रुपैयाँ बढी खुद नाफा कमाउन सफल भएको हो । सिभिल बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै कामना विकास बैंकको नाफा ३६ करोड ७७ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण गत वर्ष प्रत्यक्ष असर परेको वित्तिय संस्थामा अहिले पनि कोरोनाको दुख्ख भएपनि सो क्षेत्रमा केही राहत भएको राष्ट्र बैंकको दाबी छ ।

प्रतिक्रिया