शनिबार, वैशाख ८, २०८१

औषधि व्यवस्था विभागले दियो – बंगलादेशमा उत्पादित ३० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति

मेरोन्यूज २०७८ वैशाख १० गते १५:३४

काठमाडौं । औषधि व्यवस्था विभागले बंगलादेशमा उत्पादित रेम्डेसिभिर आइएनजे आयातका लागि नेपाली आयातकर्ताहरुलाई अनुमति दिएको छ।

विभागले बंगलादेशका दुई वटा औषधि उद्योग (इन्सेप्टा र बेक्सिमको) ले उत्पादन गरेको कोरोना जटिल बिरामीमा प्रयोग हुने रेम्डेसिभिर औषधी भित्राउन अनुमति दिइएको हो। एक साता भित्र तोकिएको भाइल रेम्डेसिभिर ल्याउने गरी हाम्रो मेडि कन्सर्न र आयान हेल्थ केयर प्रालिलाई आयात अनुमति दिएको छ । ती कम्पनीहरुले क्रमश बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार भाइल र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल ल्याउनेछन् ।

प्रतिक्रिया