बुधबार, वैशाख १२, २०८१

कोरोना कहर-सिन्धुलीको दुधौली नगरपालिका आजबाट एक हप्ता लकडाउन

मेरोन्यूज २०७८ वैशाख १० गते १५:२२

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ ।
बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका दुई वटा वडामा बैशाख १० गतेदेखि १७ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।


“नगरका दुई वटा वडा १ र २ मा कोरोना संक्रमितको ह्वातै बढेपछि आजबाट लकडाउनको घोषणा गरिएका हो । ”
जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी सङ्घसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ ।

जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको सङ्क्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्कोट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया