बिहीबार, चैत १५, २०८०

वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार हुने

मेरोन्यूज २०७८ वैशाख १० गते १४:५८

काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस भवनमा तीन दिन भित्र २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याउने गरी सैद्धान्तिक सहमति दिएको हो ।

अहिले स्तरोन्नती गर्ने र बेडहरु थप गर्ने कार्यलाई भइरहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले त्यस भवनमा सामान्य अवस्थामा विरामी राख्ने र मध्यम तथा गम्भीर बिरामीलाई भने अस्पतालको अहिलेको मुख्य भवनमा बनाइएको डेढ सय बेडको युनिटमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको बताए ।

डा.पोखरेलले बलम्बुस्थित एपीएफ, कीर्तिपुर अस्पताल, भक्तपुरको खरीपाटी, दहचोकको मनमोहन अस्पताल भवनहरुमा थप दुई दुई सय बेडका दरले आइसीयू तथा एचडीयु समेत भएको आइसोलेसन सेन्टर थप्न लागिएको बताए ।

Advertisement

प्रतिक्रिया