शुक्रबार, वैशाख ७, २०८१

एमाले पाँच सांसदले बुझाएन्न स्पष्टीकरण : आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

मेरोन्यूज २०७८ वैशाख १० गते १४:३६

काठमाडौँ । नेकपा एमाले पार्टीले २७ जना संघिय सांसद्लाई स्पष्टीकरण सोधेकोमा पाँच जना सांसदले अझै स्पष्टीकरण बुझाएका छैनन् । स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरु जैरी र दीपक भट्ट रहेका छन् ।

स्पष्टीकरण बुझाएका अरुको सबैको स्पष्टीकरण तुलानात्मक हिसाबले सफ्ट कर्नरबाट स्पष्टीकरण आएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा बताएका थिए । उनले एउटै प्रकृतिको उत्तर आएको बताउँदै कतै बसेर निर्णय गरेर स्पष्टीकरण लेखेको देखिएको बताएका थिए । बैठकमा ओली कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सांसदहरूले आफ्नै ढंगले स्पष्टीकरण दिएको जानकारी गरामएका थिए ।

बैठकले कर्णाली प्रदेश सभाका सदस्य देवी ओलीको बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरि कारबाही गर्ने निर्णय गरेको छ । बैठकको निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने जनाइएको छ । सांसदको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया