शनिबार, वैशाख ८, २०८१

नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

मेरोन्यूज २०७८ वैशाख १० गते १४:३६

नुवाकोट । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तार्केश्वर गाउँपालिका-३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेका श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया