शुक्रबार, वैशाख ७, २०८१

प्रचण्ड र नेपालको स्वार्थका कारण पार्टी विभाजन भयो : ओली

मेरोन्यूज २०७८ वैशाख १० गते १४:०१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थका कारण पार्टी विभाजन भएको बताएका छन् ।

एमालेको बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपालका कारण पाटी विभाजन भएको आरोप लगाएका हुन् । बैठकमा बोल्दै ओलीले पार्टी एकताबद्ध बनाउन आफू अहोरात्र खटिरहेको बताउँदै माधव नेपालहरूले कुनै पहल नगरेको बताए ।

माधव नेपाल, योगेश भट्टराई लगायतका नेताहरुसँग भेटघाट भयोको बताउदै ओलीले साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति नदेखिएको बताए । उनले ‘ह जिम्मेवार र अनुशासित भएर पार्टी एकता कायम गर्न प्रयास गर्ने बताए । पार्टी विभाजित नभएपनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको ओलीले बताए ।

उनले आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको बताए । ओलीले अझै पनि आफू लचिलो हुन तयार रहेको बताए ।

प्रतिक्रिया