शुक्रबार, चैत १६, २०८०

कोरोनाबिरुद्धको दोस्रो डोज २ लाख ३३ हजारले लगाए

मेरोन्यूज २०७८ वैशाख १० गते १४:४८


काठमाडौं । गत ७ बैशाख देखि शुरु भएको कोरोनाबिरुद्धको दोस्रो डोज खोप बिहीबार बेलुकासम्म २ लाख ३३ हजारले लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप लगाउने अवधि बैशाख ११ गतेसम्म तोकेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा. झलक गौतमले देशभर तोकिएका ९५३ खोप केन्द्रबाट विहीबारसम्म २ लाख ३३ हजार बढीले खोप लगाएको बताए ।
‘गत १४ माघ देखि १० फागुनसम्म ४ लाख ३९ हजार जनाले खोप लगाउनु भएको थियो । त्यही बेला लगाएकाहरुलाई अहिले दोस्रो डोज खोप दिइएको हो ।

डा. गौँतमका अनुसार केही जिल्लामा तोकिएको समय अर्थात ७ बैशाखमा दोस्रो मात्रा खोप शुरु गरिएको छैन् । ती ठाँउमा जिल्लाले एक दुई दिन लम्व्याउन पनि सकिन्छ ।

भारत सरकारको सहयोगमा १० लाख डोज कोभिसिल्ड प्राप्त गरेपछि सरकारले गत १४ माघ देखिनै खोप लगाएको थियो । अहिलेसम्म कुल खोप लगाउनेको संख्या २२ लाख नाघेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया