शुक्रबार, वैशाख ७, २०८१

चलचित्र ‘आँधी तुफान २’को छायांकन सुरु

मेरोन्यूज २०७८ वैशाख १० गते १३:२९

काठमाडौँ । कोरोनाको दोश्रो लहरको प्रभावले चलचित्र प्रदर्शन ठप्प छ । चलचित्रको छायांकनमा भने ठूलो असर परिरहेको देखिदैन । निर्देशनक मदन घिमिरेले निर्माण गर्न लागेका चलचित्र ‘आँधी तुफान २’ को छायांकन बिहिबारबाट सुरु भएको छ ।

बिहिबार चाबहिलस्थित एक पार्टी प्यालेसमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको जनाइएको छ । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’को सिरिजको रुपमा बन्न लागेको यो चलचित्रमा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुष्कर राउत लगायतको अभिनय रहनेछ ।

सस्पेन्स थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताइएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन निर्देशन, सुरेश अधिकारीको संगीत, कमल राइको नृत्य निर्देशन रहनेछ । चलचित्रको छायांकन काठमाडौं, काभे र धुलिखेलमा हुने जनाइएको छ ।

प्रतिक्रिया