शुक्रबार, चैत १६, २०८०

अवैध हातहतियार सहित एक जना पक्राउ, एक फरार

मेरोन्यूज २०७८ वैशाख १० गते १२:५८

सर्लाही । प्रहरीले अवैध १ थान पेस्तोल, १ थान म्याग्जिन र गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन सहित सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ का ३२ वर्षीय त्रिभुवन बैठालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर चोकबाट बिहीबार साँझ पक्राउ गरेको हो ।

बीआर ३० जेड ६५४८ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक बैठालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतोको प्रहरीले खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

Advertisement

प्रतिक्रिया