शनिबार, वैशाख ८, २०८१

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

मेरोन्यूज २०७८ वैशाख १० गते १२:४४

काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । बालुवाटारमा बसेको आजको बैठकले पार्टी बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने बताइएको छ ।

यस्तै कर्णाली प्रदेशमा एमाले संसदिय दलको निर्देशन विपरित फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाट हटाउने तयारी भएको जनाइएको छ ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

आजको बैठकले नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया