शनिबार, वैशाख ८, २०८१

बिप्लवका कम्पनी कमिशार एमालेमा प्रवेश

मेरोन्यूज २०७८ वैशाख १० गते ११:४३

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कम्पनी कमिसार तथा राप्ति ब्युरो सदस्य लाल बहादुर बुढाथोकी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले वाग्मती प्रदेश ईन्चार्ज समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले आज एक कार्यक्रमबिच एमालेमा स्वागत गरेका हुन् ।


जनयुद्धकालमा बटालियन कमाण्डर रहेका तथा हाल बिप्लव पार्टीको सल्याल जिल्लाका नेता रहेका बुढाथोकीलाई मन्त्री निवास पुल्चोकमा गृहमन्त्री बादलले खादा लगाए एमालेमा प्रवेश गराएका हुन् । सो क्रममा गृहमन्त्री बादलले बुढाथोकीलाई स्वागतगर्दै उनलाई पार्टीमा उचित जिम्मेवारी दिईने बताए ।

उनले कम्युनिष्टहरूको लक्ष्य समाजबाद रहेको भन्दै सो लक्ष्यपुरागर्न विभाजित अवस्थामा रहेका कम्युिनष्टहरु मिल्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया