बुधबार, वैशाख ५, २०८१

आजको राशिफलः वैशाख १० गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १० गते ६:१८

काठमाडौं । आज २०७८ वैशाख महिनाको १० गते शुक्रबार, चैत्र शुक्लएकादशी तिथि । आज कामदा एकादशी व्रत । अब लागौं आजको राशिफल तर्फ

मेष
यश कीर्ति ख्याति प्राप्त हुने छ । नेतृत्वदायी सफलता प्राप्त हुने छ । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सफलता प्राप्त हुने छ । बोलीमा अस्वाभाविक तिक्तता आउन जाने भएकाले सतर्क रहँदा वाञ्छनीय हुने छ

वृष
सुखको अभाव हुने छ । अध्ययनका लागि यात्रा गर्ने अवस्था आउँछ । ससाना विषयमा पनि रिस उठ्न पुग्ने छ । तल्लो पेट, मुत्रनली तथा गुदद्वारसम्बन्धी विषयमा सतर्क रहनु होस् । भाग्यको बलियो रहने छ । आम्दानी बढ्ने योग छ ।

मिथुन
जीवनका लक्ष्य अर्थात सपनाहरु पुरा हुने तर्फ जाने छन् । दृढ ब्यक्तित्व हुने छ । तर रिस अति नै कडा हुने भएकाले संयमित रहनु होला । पेशागत तथा ब्यवसायि जीवनमा सफलता प्राप्त हुने भएकाले भाग्य बलियो बन्दै जाने छ ।

कर्कट
पारिवारिक मिलन हुने छ । साझेदारीमा गरिएका कार्यहरुले उचाइ लिने छन् । मानसम्मान प्राप्त हुने छ । भाग्यको साथ नरहनाले कार्य सफलता प्राप्त गर्न सामान्य भन्दा ढिलाई हुने छ । जसरी पनि कमाई गर्नु पर्दछ भन्ने विचारले प्रबलता पाउने छ ।

सिंह
दाम्पत्य जीवनमा असमझदारी बढ्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा भने बृद्धि हुन पुग्ने छ । जोखिमले भरिएका पेशागत कर्म बाहेक सामान्य पेशमामा आवद्धहरु सतर्क भएर आफ्नो कार्यलाई संहाल्दा उपयुक्त हुने छ ।

कन्या
विद्यामा मन लाग्ने छ । आमदानी भन्दा खर्च बढ्न पुग्ने छ । खासगरी नगरी नहुने बध्यात्मक खर्च गर्नै पर्ने अवस्था आइ र्ने छ । बोलीको प्रभाव कम हुने भएकाले सकभर कम बोल्ने र बोल्चा विचार गर्ने गर्नु होला ।

तुला
पारीवारिक सदस्यहरुबीच बादबिबाद हुन पुग्ने छ । राम्रै बोल्दा पनि अपजस आइ लाग्ने छ । दाम्पत्य जीवनमा पनि कम बिबादमा जानु होला । पेशागत जीवनमा भने सफलता प्राप्त हुने र आम्दानीमा पनि बृद्धि हुन जाने छ ।

वृश्चिक
समय अलि नकारात्मक रहेको अवस्था छ । निराशाजनक सोचले डेरा जमाउने छ । भाग्यको बलियो साथका कारण पेशागत जीवनमा भने सन्तोष प्राप्त हुने छ । तल्लो पेट, गुदद्वार सम्ब्न्धी विषयमा समस्या निम्तिने भएकाले सतर्क रहनु होला ।

धनु
पारीवारिक जीवनमा मिठास थपिने छ । जसका कारण धन, धान्यमा बृद्धि हुने छ । दाम्पत्य जीवनमा श्रीमान श्रीमतीको स्वाभावबा कडापन देखा पर्ने छ । भित्रि बुद्धि तथा चलाखिपनामा भने बृद्धि हुने भएका कारण निर्णय क्षमतामा मद्धत पुग्ने छ ।

मकर
दृढ व्यक्तित्व हुने छ । तर रिस र घमण्डिपनामा बृद्धि हुने भएकाले सतर्क रहनु होला । विवाहमा बाधा उत्पन्न हुन जाने छ । दाम्पत्य जीवनमा निराशा आउँने देखिन्छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । घरबाट टाढा रहेकाहरुको हकमा परिवारमा आउने अवसर प्राप्त हुने छ ।

कुम्भ
ब्यक्तित्वमा निखार आउने छ । न्याय क्षेत्रमा संलग्नहरुको शुभ समय रहेको छ । खासगरी ठेक्का पट्टा, घर घडेरी, जस्ता क्षेत्रमा सक्रियहरुलाई पनि लाभ हुने समय छ । मनमा उदासिनता बढि नै हुन जाने भएकाले भजन, मधुर संगीत तथा धार्मिक गुरुहरुसँगको सानिध्यता बढाएमा शान्ति मिल्ने छ ।

मीन
धन सम्पत्तिमा बृद्धि हुने छ । तर परिवारका सदस्यहरुले यस राशिका ब्यक्तिहरुलाई कडा मिजासको अभाषम महशुस गर्ने छन् । दाम्पत्य जीवनमा मिलन हुने छ । मानसम्मान प्राप्त हुने छ । भाग्यको साथ कम हुने भएकाले मेहनत बढि गरेपछि मात्र उपलब्धिहरु प्राप्त हुन जाने छन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया