शुक्रबार, वैशाख ७, २०८१

कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन सांसदको नेतृत्वमा समिति बनाउन राज्य व्यवस्था समितिको सुझाव

मेरोन्यूज २०७८ वैशाख ९ गते २०:५६
फाइल फाेटाे

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले कोरोना भाइरसको दोस्रो लहर बढेको भन्दै रोकथाम र नियन्त्रणका कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधिको सहभागितामा अनुगमन समिति बनाउन सरकारलाई सुझाव दिएको छ ।

आज बसेको समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा कोभिड–१९ को रोकथाम एवं नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने कार्यका लागि संघीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा अनुगमन समिति निर्माण गर्न सुझाव दिएको हो ।

बैठकले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको शीघ्र पहिचना गर्न कन्ट्याक ट्रेसिङ तथा पिसिआर परीक्षणको कार्यलाई सरल, छिटो र व्यापक बनाउन घुम्ती शिविर सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले सरकारलाई दिएका निर्देशन तथा सुझावः

प्रतिक्रिया