कोरोना नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोरोना भाइरस सङ्क्रमणले मुलुकमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा सरकार उदासिन देखिएको आरोपसमेत लगाए । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नु भन्दा पनि सत्ता जोगाउन बढी केन्द्रित देखिएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका कारणले कोही नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरे ।
देशमा भएका अस्पतालको क्षमता बढाउँदै लग्नुपर्ने उल्लेख गर्दै उनले भने, “दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।” राजधानीका ठूला अस्पतालमा भएका अक्सिजन प्लान्ट सञ्चालन हुनुपर्ने बताउँदै नेता सिंहले तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाईं स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख ११ हजार सहयोग गरेको थियो ।
–––रासस









सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया