शुक्रबार, चैत १६, २०८०

थप २४ सय २८ जनामा कोराना पुष्टि, ५ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ९ गते १७:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जनामा र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९५.६ प्रतिशत छ।

Advertisement

प्रतिक्रिया