बिहीबार, चैत १५, २०८०

सुनचाँदीको मुल्य बढको बढ्यै

मेरोन्यूज २०७८ वैशाख ९ गते १६:३२

काठमाडौं । केही समयअघि घटेर बुधबार अकाशिएको सुनचाँदी बिहिबार झनै महंगो भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

सुन हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको थियो । चाँदी बुधबार प्रतितोला १० रुपैयाँले महंगो भई १ हजार ३ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

बिहिबार चाँदी प्रतितोला २५ रुपैयाँले महंगो भई १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया