बिहीबार, चैत १५, २०८०

ओली नेपाल भेटवार्ताः होटल मेरियटबाट धरहरा हेर्दै

मेरोन्यूज २०७८ वैशाख ९ गते १६:२९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्तापछि होटल मेरियटबाट दुबै जनाले धरहराको अबलोकन गरेका छन् ।

प्रधानमन्त्रीका प्रस सल्लाहकार सुर्य थापाले प्रम ओलि र वरिष्ठ नेता नेपालले धरहरा अवलोकान गरेका तस्बिर सार्वजनिक गरेको हो ।

सुर्य थापाले आफ्नो ट्विटर मार्फत ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, फोटोसहितको ट्वीट गरेका छन् ।

यसअघि पनि नेकपा अध्यक्ष र नेपालबिचको दोस्रोपुर्ण वैठकलाई अर्थपुर्ण रुपमा लिईएको छ यद्यपि आज माधव कुमार नेपालसहित ५ जना सांसदहरुले अध्यक्ष ओलिलाई स्पष्टिकरण दिएको छ ।

प्रतिक्रिया