बिहीबार, वैशाख १३, २०८१

ओली र नेपालबीच वार्ता सकियो, वार्तामा कुनै प्रगति नभएको नेता नेपालको प्रतिक्रिया

मेरोन्यूज २०७८ वैशाख ९ गते १६:१८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको दोस्रो दिनको वार्ता सकिएको छ । होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । बुधबार साँझ भएको वार्तामा ठोस सहमति जुट्न नसकेको पछि आज फेरी भेटवार्ता भएको जनाइएको छ । सत्तारुढ दल एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला दुई नेताबीच भएको वार्तालाई महत्वको साथ हेरिँदै आएको छ ।

आजको भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको बताए । पार्टी अध्यक्षसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।

बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले बुधबारको वार्तामा केही आश लागेको थियो तर आज सकिएको बताए । दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बनाइ रहेको छ । नेता नेपालका अनुसार अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो लागेको छैन ।

प्रतिक्रिया