शुक्रबार, वैशाख १४, २०८१

टहरा भत्काउन डोजरसहित पुगेका गाउँपालिका अध्यक्षलाई कालोमोसो

मेरोन्यूज २०७८ वैशाख ९ गते १५:५०

धादिङ । घर टहरा भत्काउन डोजरसहित पुगेका नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यलाई स्थानियबासीले कालोमोसो लगाएका छन् ।

गाउँपालिकाको वडा नम्बर १ स्थित कैचले बजारमा लामो समयदेखि बस्दै आएका स्थानियवासीहरुको घर टहरा भत्काउन डोजरसहित पुगेका शाक्यलाई स्थनियबासीले कालोमोसो दलेका हुन् ।

अध्यक्ष साक्यलाई स्थानियबासीहरुले १ किलोमिटर पर सम्म लखेटेका थिए । प्रहरी टोली समेत लिएर पुगेका शाक्य र स्थानियबासीबीच झडप भएको थियो । झडपमा तीन जना घाइते भएको स्थानिय स्रोतले जानकारी दिएको छ ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार साक्य

जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बस्ती हटाउन गएका टोलि र स्थानियबिच बार्ता भईरहेको जनाए । झडप भएको र कालोमोसो दलिएको घटनाबारे अज्ञात रहेको र कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ताले बताए ।

प्रतिक्रिया