शुक्रबार, चैत १६, २०८०

वन सचिवमा डा कँडेल

मेरोन्यूज २०७८ वैशाख ९ गते १५:१०

काठमाडौँ । नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयका सचिवमा डा पेमनारायण कँडेललाई सरुवा गरेपछि उनी आजदेखि मन्त्रालयमा हाजिर भएका छन् । मन्त्रालयका यसअघिका सचिव डा विश्वनाथ ओलीले आफ्नो पदावधि पूरा गरी मङ्गलबार अवकाश पाएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले डा कँडेललाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । विसं २०४३ मा रेञ्जरबाट सेवा प्रवेश गरेका डा कँडेल विसं २०५१ मा अधिकृत र विभिन्न जिल्लामा जिल्ला वन अधिकृतको अनुभव हासिल गरी विसं २०६६ मा सहसचिवमा पदोन्नति भएका थिए ।

तत्कालीन भूसंरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयको योजना महाशाखा प्रमुखमा लामो समयको अनुभवपछि डा कँडेलले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका सदस्यसचिवमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । प्रदेश नं २ को प्रदेश वन सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भई सचिवमा पदोन्नति भएपछि यसअघि उनी कृषि तथा पशुपक्षी मन्त्रालयमा करिब साढे चार महिनादेखि कार्यरत थिए । रासस

प्रतिक्रिया