बिहीबार, वैशाख १३, २०८१

माधव नेपाल सहित ५ सांसदले अध्यक्ष ओलीलाई स्पष्टीकरण बुझाए

मेरोन्यूज २०७८ वैशाख ९ गते १४:५३

काठमाडौं । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना सांसदले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् ।

बिहीबार पुर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)काबरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् ।

उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीकाविरूद्ध आफूहरूले कुनै काम नगरेको दाबी गरेका छन् । साथै उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको पनि उल्लेख गरेको छन् ।

दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार लिखित पत्र दिएका हुन् ।

पार्टी विपरीत हुने गरी र लोकप्रिय सरकारविरूद्ध गतिविधि गरेकोले जुनसुकै बेला थप कारबाही गर्न सकिने चेतावनी पनि उनीहरूलाई दिइएको थियो ।

प्रतिक्रिया