शुक्रबार, चैत १६, २०८०

नेपाल समूहद्धारा संयुक्त अपील जारी

मेरोन्यूज २०७८ वैशाख ९ गते १४:३३

काठमाडौँ । नेकपा एमाले माधव कुमार नेपाल समूहले पार्टी विभाजनको डिलमा पुगेको निष्कर्ष निकालेको छ । नेपालसहितका १५ नेताले संयुक्त अपील जारी गर्दै पार्टी अचानक विभाजन र विसर्जनको डिलमा पुगेको उल्लेख गरेको हो ।

केपी ओलीले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको उल्लेख गरेको छ । अपीलमा भनिएको छ सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गर्नुका साथै उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट टाढा पुग्दै हुुनुहुन्छ ।

यस्तै नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कार्यवाहीको नाटक गरिँदै छ । राष्ट्रिय तथा अन्तरराष्ट्रि प्रतिष्ठाका साथ उपलब्धीको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ – अपीलेमा भनिएको छ ।

यसअघि बुधबार राति ओली र नेपालबीच भेटवार्ता भएको थियो भने बिहीबार पनि वार्ता हुने बताइएको छ ।

अपील पत्र

Advertisement

प्रतिक्रिया