बिहीबार, वैशाख १३, २०८१

त्रिकोणात्मक टी-२० सिरिज

नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

मेरोन्यूज २०७८ वैशाख ९ गते १३:४१

काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत बिहबिार हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न थालेको हो ।

यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । नेपाल र नेदरल्याण्ड्स यसअघि नै शीर्ष दुईमा रहँदै फाइनल पुगिसकेकोले आजको खेल प्रतिष्ठाको लागि हुनेछ । नेपालले यसअघि मलेसिया र ल्याण्ड्सलाई समान ९ विकेटले पराजित गरेको थियो ।

अर्को खेलमा नेदरल्याण्ड्सँग नेपाल ३ विकेटले पराजित भएको थियो । मलेसियाले भने अहिलेसम्म २ खेलमा हार बेहोर्दा एक खेल बराबरी खेलेको थियो ।

प्रतिक्रिया