बुधबार, वैशाख ५, २०८१

नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटे

मेरोन्यूज २०७८ वैशाख ९ गते १३:००

काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू समूहका नेताहरुसँग छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भएको वार्ताबारे ब्रिफिङ गर्न नेपाल आन्तरिक छलफलमा जुटेका हुन् ।

ओलीसँगको भेटपछि नेता नेपालले साथीहरुसँग छलफल गरेर मात्र प्रतिक्रिया दिने बताएका थिए । राजधानीको एक होटलमा दुई घण्टा बढी भएको ओली नेपाल भएको छलफलको सार्वजनिक गरिएको छैन । नेपाल समूहले छलफल गरेर त्यसबारे निर्णय लिइने तयारी गरेकोछ ।

नेपाल पक्षमा आजै ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी भइरहेको छ । ७ वैशाखमा ओलीले माधव नेपालसहित २७ जनालाई दुई दिने स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया