बिहीबार, वैशाख ६, २०८१

भारतमा एकैदिन ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिए

मेरोन्यूज २०७८ वैशाख ९ गते १२:४२

काठमाडौं । भारतमा एकैदिन ३ लाख १४ हजार ८३५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक पनि बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ५९ लाख नाघेको जनाइएको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको बताइएको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएको जनाइएको छ ।दिल्लीमा २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा २३ तथा केरलामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका बताइएको छ । कोरोना संक्रमण बढेसँगै भारतका अस्पतालमा बेड तथा आईसीयू बेडको अभाव देखिन थालेको छ ।

प्रतिक्रिया