बिहीबार, वैशाख १३, २०८१

एमालेको पार्टी कार्यालय थापाथलीमा सर्‍यो

मेरोन्यूज २०७८ वैशाख ९ गते १२:१२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बल्खुबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विहान पार्टी कार्यालयको उदघाटन गरेका हुन् । आलीले नयाँ कार्यालयमा पदस्थापन आज नै गरेका छन् ।

बल्खुमा रहेको पार्टी कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नभएसम्म एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन भएको हामे । भाडामा लिइएको थापाथलीस्थित कार्यालयको आज नै उदघाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।

प्रतिक्रिया