बिहीबार, चैत १५, २०८०

बैशाख २७ गतेभित्र कतारी रियाल सटही गरिसक्न राष्ट्र बैंकको आग्रह

मेरोन्यूज २०७८ वैशाख ९ गते ७:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही बैशाख २७ गतेभित्र आफुसँग भएका कतारी रियाल सटही गरिसक्न आग्रह गरेको छ ।

कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल आगामी जुलाई १ पश्चात चलनचल्तीबाट हटाउने निर्णय गरेपछि राष्ट्र बैंकले इसतो आग्रह गरेको हो ।

तोकिएको समयसीमाभित्र राष्ट्र बैंकको बैंकि« विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु, इजाजत लिएका विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तिय संस्था र इजाजत प्राप्त मनि चेन्जरबाट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

तोकिएको समय पश्चात त्यस्ता नोटहरु सटही गर्न राष्ट्र बैंक बाध्य नहुने पनि सूचनामा उल्लेख छ । राष्ट्र बैंकको सूचना

Advertisement

प्रतिक्रिया