शुक्रबार, चैत १६, २०८०

आजको राशिफल: वैशाख ९ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ९ गते ६:३०

काठमाडौं । आज २०७८ वैशाख महिनाको ९ गते बिहीबार, चैत्र शुक्लदशमी तिथि । आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस । अब लागौं आजको राशिफलतर्फ

मेष
नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । राजनीतिक क्षेत्र तथा प्रशासनिक क्षेत्रमा आफू भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । भित्रि बुद्धि सक्रिय हुने छ । पारीवारिक जीवनमा बादबिबाद बढ्न पुग्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छ ।

वृष
अध्याधिक रिस उठ्ने भएकाले सतर्क रहनु होला । साझेदारीमा गरिएका कामले सफलता पाउने छन् । जीवनसाथिको साथले गरिएका कार्यले परिणाम दिने छन् । भाग्यको साथ रहने छ ।
ब्यापार विजनेशको क्षेत्रमा संलग्नहरुको हकमा आम्दानी बढ्ने छ ।

मिथुन
दुविधात्मक व्यक्तित्व हुने भएकाले अन्योलता बढ्न जाने छ । रिस कडा हुने छ । नशासम्बन्धी, घँडासम्बन्धी समस्याले पिरोल्ने छ । कार्यालय, पेशा, ब्यवसायमा श्रम सम्बन्धी समस्या निम्तिने छ । तल्लो पेट तथा मृगौलासम्बन्धी विषयमा सतर्क रहनुहोला । छोटोछोटो यात्रा गर्नु पर्ने हुने छ ।

कर्कट
सितल प्रकारको बोली हुने भएकाले अरुको मन जित्न सकिने छ । परिपारप्रति समर्पण बढ्ने छ । पढाईमा विभिन्न बाधा ब्यवधानहरु उत्पन्न हुने छन् । पेशागत जीवनमा कदर हुने छ, मान सम्मान प्राप्त हुने छ । राजनीतिक सफलता प्राप्त हुने छ । बोसो तथा मासि सम्बन्धी, तथा संक्रामक रोगसम्बन्धी समस्याले पिरोल्ला ।

Advertisement

सिंह
सितल व्यक्तित्व हुने छ । माथिल्लो पेट तथा छाति सम्बन्धी समस्याले सताउला । दाम्पत्य जीवनमा केही कटुता आउने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनम सतर्क भएर अघि बढ्नु होला । घर घडेरी, जलस्रोत जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।

कन्या
खर्चमा बृद्धि हुने छ । आम्दानी र खर्चको विषयलाई लिएर मनमा उदासिनता निरन्तर हुने छ । अध्ययन तथा अध्यापनमा सफलता मिल्ने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिमा नोक्सानी ब्योहर्नु पर्ने देखिएकाले सतर्क भई अघि बढ्दा उत्तम हुने छ । बोलीको प्रभाव कम हुने छ ।

तुला
आँखासम्बन्धी तथा दाँतसम्बन्धी समस्याले सताउला । दाम्पत्य जीवनमा बादबिबाद बढ्न पुग्ने छ । साझेदारीमा गरिएका ब्यवसायमा पनि कटुता छाउने छ । पारीवारिक जीवनमा पनि द्वन्द बढ्ने भएकाले सतर्क रहनु होला । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ ।

वृश्चिक
मनमा निराशा आउने छ । दाम्पत्य जीवनमा सधुरताको कमि हुन पुग्ने छ । शारीरिक थकान बढेर जाने भएकाले मनमा उत्साह कम हुने छ । भाग्यको साथका कारण पेशागत जीवनमा भने केही सफलता प्राप्त हुने छ । लेनदेनको विषयलाई लिएर प्रशान, अदालत तथा यस्ता निकायमा धाउनु पर्ने हुन सक्छ ।

धनु
धन, धान्यकाृ बृद्धि हुने छ । पारीवारिक जीवनमा सन्तोष मिल्ने छ । दाम्पत्य जीवनमा श्रीमान श्रीमती दुबैमा कडापन बृद्धि हुने भएकाले समर्पण भावको कमि हुन जाने छ । चिसोल सताउँला । भाग्यको साथका कारण भित्रि बुद्धि सक्रिय हुन पुग्ने भएकाले लाभ मिल्ने छ ।

मकर
दृढ व्यक्तित्व हुने छ । तर रिस र घमण्डिपनामा बृद्धि हुने भएकाले सतर्क रहनु होला । विवाहमा बाधा उत्पन्न हुन जाने छ । दाम्पत्य जीवनमा निराशा आउँने देखिन्छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । घरबाट टाढा रहेकाहरुको हकमा परिवारमा आउने अवसर प्राप्त हुने छ ।

कुम्भ
ठेक्का पट्टा, घर घडेरी, जस्ता क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । प्राज्ञिक ज्ञान मिल्ने छ । धर्म अध्यात्मका क्षेत्रमा मन लाग्ने छ । धार्मिक क्षेत्रसँग सम्बन्धी वस्तुहरुको कारोवार गर्नेहरुलाई पनि आम्दानी बढ्न पुग्ने छ । पेट तथा छातिसम्बन्धी विषयमा सतर्क रहनु होला ।

मीन
परिवारको साथका कारण धन सम्पत्तिमा बृद्धि हुने छ । ब्यक्तित्वको प्रभाव घट्ने छ । सेना, प्रहरी, घर, घडेरी, खेल, ठेक्का पट्टा जस्ता जस्ता पेशागत क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । दाम्पत्य जीवनमा मधुरता बेद्धि हुने छ । जागिरेहरुको हकमा मान सम्मान प्राप्त हुने र कामको कदर हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया