शुक्रबार, वैशाख ७, २०८१

ओली र नेपालबीच भेटवार्ता सकियाे, के कुराकानी भयो ?

मेरोन्यूज २०७८ वैशाख ८ गते २०:१३

काठमाडौं । नेकपा (एमाले) विभाजनको संघारमा पुगेको अनुमान गरिरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता भर्खरै सकिएको छ ।

नक्सालस्थित होटल मेरियटमा आज साँझ भएको भेटमा उनीहरुबीच पार्टीभित्र देखिएको संघर्षका विषयमा छलफल भएको थियो । भेटमा कुनै ठाेस सहमति नभएकाे नेपाल पक्षीय एक नेताले बताए ।

भेटवार्तामा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेल पनि सहभागिता थियाे । नेता नेपाल हाेटल परिसरमा उपस्थित संचारकर्मीलाई कुनै प्रतिक्रिया नदिइ निस्किएका छन् ।

प्रधानमन्त्री र माधव नेपालबीच मेरियट होटलमा भेटवार्ता

सर्वाेच्च अदालतले एमाले ब्यूँताइदिएपछि दुई नेताबीच दूरी बढेकाे थियाे । ओलीले पार्टीमा एकलाैटी गरेकाे भन्दै नेता नेपालले समानान्तर अभ्यास सञ्चालन गरिरहेका थिए । चैत पहिलाे साता पनि ओली र नेपाल पक्षबीच पार्टी कार्यालय धुम्रबाराहीमा छलफल भएकाे थियाे ।

प्रतिक्रिया