शनिबार, वैशाख ८, २०८१

काठमाडौं जिल्ला प्रशासनले भन्यो-सभा सम्मेलन नगर्नू

मेरोन्यूज २०७८ वैशाख ८ गते १८:४४

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा सम्मेलन नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को वैशाख ६ को निर्णय अनुसार कतिपय ठाँउमा सभा सम्मेलन जारी रहेको देखिएकोले त्यसरी सभा सम्मेलन नगर्न काठमाडौं जिप्रकाले निर्देशन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयबाट भएको आदेशको ७ मा उल्लेख भएको व्यवस्था विपरित कतिपय सरकारी तथा सार्वजनिक निकायहरु, निजी तथा गैरसरकारी संघ/संस्थाहरुले भौतिक रुपमै उपस्थित भएर विभिन्न सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरेको भन्ने गुनासो प्राप्त हुन आएकोले त्यस्ता कार्यक्रम भर्चुअल विधिबाट सञ्चालन गर्न निर्देशन गरेका हुन् ।

प्रतिक्रिया