बिहीबार, वैशाख १३, २०८१

पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र दिन बन्द

मेरोन्यूज २०७८ वैशाख ८ गते १८:३३

काठमाडौं । सरकारले जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र दिन बन्द गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै यी पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको जनाएको छ ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको जनाएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका यी देशमा धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् । मन्त्रालयले यी देशमा अध्ययन गरिरहेका विद्यार्थीलाई वैदेशिक अध्ययन स्वीकृति पत्र दिइने जनाएको छ ।

प्रतिक्रिया